नियम ५
कोषको सदस्यता खारेज हुने
(१) देहायको अवस्थामा सञ्चालक समितिले नियम ४ बमोजिम प्रदान गरेको कोषको सदस्यता खारेज गर्न सक्नेछः–
(क) निर्जीवन बीमा कारोबार गर्न पाएको प्रमाणपत्र रद्द भएमा ।
(ख) कोषमा बुझाउनु पर्ने बीमा शुल्क वा रकम नबुझाएमा ।
(ग) यस नियमावली बमोजिम गर्नु पर्ने कार्य नगरेमा ।
(२) उपनियम (१) बमोजिम कुनै बीमकको सदस्यता खारेज गर्नु अघि सञ्चालक समितिले त्यस्तो सदस्यता प्राप्त बीमकलाई आफ्नो पक्षमा सफाइ पेश गर्ने उचित अवसर प्रदान गर्नु पर्नेछ ।